काठमाडौं । सुनको फेरि कीर्तिमानी उचाईमा पुगेको छ । बुधवार छापावाला सुनको तोलाकै १ लाख ६० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । तर, साताको चौंथो कारोबार दिन भने तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ।