काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ