काठमाडौं। रकम अपचलन गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लालीगुराँस सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो