काठमाडौं । माछापुच्छ्रे बैंकले साढे १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक गणेश बहादुर श्रेष्ठको आफ्नो स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । उक्त सेयर खरिद गर्न जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।