काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । नेकपा एमालेका उपमहासचिव रिमाललाई प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति गरेका हुन्। प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा भने पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएका छन् । यता, सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्