काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न बाराही हाइड्रोपावर कम्पनीलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।