१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

जलविद्युत आयोजनाहरूको लाइसेन्स लिने र पिपिए गरेर सिन्को नभाँच्ने अवस्थाको अन्त्य गर्छौँ: ऊर्जा मन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत अभिवृद्धि गर्ने र बचत भएको विद्युत्लाई भारत तथा बङ्गलादेशसम्म बिक्री गर्ने स्पष्ट मार्ग निर्देशसहित सरकारले काम गरिरहेको बताए ।  विगतमा जलविद्युतलाई पूर्वाधारका रूपमा मात्र बुझ्दा विद्युत्को खपततर्फ ध्यान दिई यसको आर्थिक सम्भावनाका रूपमा बुझ्न नसकिएको