२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित, नयाँ टिममा को-को आए ?

काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल