काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरत ढकालले निजि क्षेत्रले कृषिमा लगानी गर्नुपर्ने बताएका छन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको पाँचौं वार्षिकोत्सब कार्यक्रममा कृषि संरचनाको डिजिटल उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् । देशका युवालाइ कृषिमा प्रोत्साहन गर्न मुक्तिनाथ कृषि कम्पनीले विगत पाँच वर्षदेखि सक्रिय कार्य गर्दै आएको बताए