काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ