३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न बोर्डको निर्देशन, अटेर गरे कारबाही हुने

काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले सामाजिक सञ्जालहरूमा औषधिजन्य पदार्थ तथा सामग्रीहरूको भ्रामक र आधारहीन विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न कडा निर्देशन दिएको छ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब लगायतका माध्यमबाट कानुनले निषेध गरेका, आवश्यक लेबलिङ र ब्रान्डिङ नभएका तथा आधिकारिक प्रमाणीकरण नगरिएका सामग्रीहरूको गलत विज्ञापन भइरहेको भन्दै बोर्डले