काठमाडौं । हालसालै सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले सवा अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ नाफा गरेको