काठमाडौं । शुक्रबार (पुष २२ गते) दुई कम्पनीको साधारण सभा हुँदैछ । लाभांश पारितको मुख्य एजेण्डासहित चिलिमे जलविद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले आज सभा बोलाएको हुन् । चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने जानकारी दिएको छ ।