काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले प्रस्तावित लाभांश र मर्जर प्रस्तावसहित अन्य एजेण्डाहरु पारित गरेको छ । सभामा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश पारित भएको छ