काठमाडौं । आफूहरुलाई ‘पुरा कुरा नभनिकन’ झुक्याएर हस्ताक्षर गराएको भन्दै नेपाली कांग्रेसका झण्डै ९ सय जना महाधिवेश प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता गरेको कागजात नियामकसमेत रहेको निर्वाचन आयोगमा पुगेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका महाधिवेशन प्रतिनिधीहरुको उक्त अपिलसहितको कागजात शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको हो ।