काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ नयाँ सुविधा विस्तारमा तिब्रता दिएको छ । बैंकको आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिश सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो