१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर, ४ बैंकमा ९ करोड ७४ लाख रुपैयाँ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा सँलग्न २ जना माथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले मंगलबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ को पुस्कर श्रेष्ठ र २३ को बिनिता लिम्बु माथि मुद्दा दायर गरेको हो ।