३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

हर्मुज जलसन्धिमा अमेरिका र इरानको शक्ति संघर्षः बढ्दो तनावबीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०६ डलर नाघ्यो

काठमाडौं । हर्मोज जलसन्धिमा अमेरिका र इरानबीच चर्किएको विवादका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। दुई देशबीच एकअर्काका व्यावसायिक जहाज नियन्त्रणमा लिने होडबाजी चल्दा तेलको मूल्य प्रतिब्यारेल १०६ डलर माथि पुगेको छ। न्तर्राष्ट्रिय बेन्चमार्क मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य शुक्रबार बिहान प्रतिब्यारेल १०६.८० डलर पुगेको छ।