काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्नेको नाम जनता समाजवादी पार्टी (जसपा) ले पठाएको छ । जसपाबाट मन्त्री बन्ने विभिन्न ४ जनाको नाम प्रधानमन्त्रीलाई बुझाईएको हो । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएको स्रोतले जनाकारी दियो ।