अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

नबिल बैंकले दियो गल्छी गाउँपालिकामा वित्तिय साक्षरता, उद्यमशीलता विकास गर्न गाउँपालिकासँग सम्झौता

काठमाडौं । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । गल्छी गाउँपालिकामा नबिल बैंककोतर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ