२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । माघ १ गतेदेखि लागू हुनेगरी बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।