काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुँदै छ । आज हुने दुवै संस्थाको सभाले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीयलाई प्राप्ति गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ । इन्फिनिटी लघुवित्तको साधारण सभा कम्पनिको केन्द्रीय कार्यालय नवलपुरको गैंडाकोटमा हुँदैछ ।