२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

वाणिज्य बैंकहरुमध्ये सनराइज बैंकले सर्वाधिक १०.०७ प्रतिशत ब्याज दिने, कुन खातामा कति छ ?

काठमाडौं । सनराइज बैंकले मुद्दती खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने भएको छ । हालसम्म २५ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छन् । नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये सनराइज बैंकले सर्वाधिक ब्याज दिने जनाएको हो । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।