काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल बंगलादेश बैंकका शाखाका कर्मचारी पनि विरोधमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषको बाध्यकारी निर्णय विरुद्ध नेपाल बंगलादेश बैंक धादिङस्थित गल्छी शाखा र काठमाडौँस्थित कपन शाखाका कर्मचारीहरूले विरोध गरेका हुन् । बैंकका शाखा कर्मचारीहरूले कालो ब्यानर देखाएर सामाजिक सुरक्षा कोषको विरोध गरेका हुन् ।