काठमाडौं । ज्यादै लामो प्रतीक्षा र करीब डेढ दशकदेखिको अनवरत मागपश्चात् अन्तत: मार्जिन कारोबार खोल्न नियामक निकाय तयार भएको छ । यस सम्बन्धी व्यवस्था अघि बढाउने भनेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार प्रस्तावित मस्यौदा प्रकाशन गरेको छ । ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा)’ सार्वजनिक गरेर सेबोनले सुझाव