काठमाडौं । नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको र पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा