काठमाडौं । डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन् । मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए ।