काठमाडौं । प्रदेश एकको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ८ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज हुने प्रदेश एक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ८ जना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी भएको हो । कोशी अस्पतालका अनुसार ८ जनाको दोस्रो पटकको थ्रोट स्वाब नमूनामा रिपोर्ट नेगेटिभ आएको