काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्। लामिछानेले काठमाडौँ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने उपत्यका खानेपानी लिमिटेडको महांकालचौरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानका लागि बिहानै केन्द्र पुगेका लामिछानेले आफ्नो मत खसालेपछि उनी आफ्नो चुनावी क्षेत्र