काठमाण्डौ । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा उपचारका लागि नेपाल आयल निगमले सहयोग गरेको छ । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ जम्मा गरिएको निगमले जनाएको छ ।