काठमाडौं । आइतबार थप ९ सय ८० जनामा कोरोना देखिएको छ । यो संगै हालसम्म ४६ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ । त्यस्तै २४ घण्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन ।