काठमाडौं । नेपालमा कोरोनाबाट तेस्रो व्यक्ति संक्रमित भएको पुष्टि भएको छ। उनी खाडी मुलुकबाट हालसालै नेपाल फर्किएको बुझिएको छ। हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन्। उनले भनिन्, ‘टेकु अस्पतालको आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।’