काठमाडौँ, रासस । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो । सङ्कटका बेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो