३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

एमसीसी बारे कांग्रेसले मुख खोल्यो, पूर्वअर्थमन्त्री कार्की भन्छन “एमसीसी राष्ट्रघाती सम्झौता होइन पास हुन पर्छ”

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी देशको हितमा रहेकोले पास हुनै पर्ने बताएका छन । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको उक्त सम्झौताले नेपालको गरिबी निवारण र दिगो विकासमा सहयोग पुग्ने भएकाले एमसीसी पारित गर्नुपर्ने बताए ।