काठमाडौँ । काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक देखेर दङ्ग थिए ।तर एक्कासि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) त्यहाँ पनि देखियो । अमेरिका पुग्दा कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सोच परिवारका सदस्यमा एक