अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अन्तत: मन्त्रालयमा सूचीकृत भयो ‘हाम्रो पात्रो’

काठमाडौं । सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि दबाबमा परेको ‘हाम्रो पात्रो’ एपले अन्तत: सूचीकृत हुने प्रक्रिया पूरा गरेको छ । शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा एपको औपचारिक सूचीकरण सम्पन्न भएको हो । मन्त्रालय स्रोतका अनुसार सूचीकरणसँगै ‘हाम्रो पात्रो’ अब बन्द हुने सूचीबाट बाहिरिएको छ ।