अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राष्ट्रिय एआई नीति, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेकोछ ।सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले पेश गरेको उक्त निर्णयलाई मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।