काठमाडौं । नेपाली सवारीसाधन उद्योग एक नयाँ युगतर्फ अघि बढ्दैछ । विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण, स्मार्ट प्रविधिको अंगीकरण र अन्तर्राष्ट्रिय ब्रान्डहरूको तीव्र उपस्थितिले नेपाली मोबिलिटी बजारलाई परिवर्तनको मोडमा पुर्याएको छ । अब गाडी, बाइक र स्कूटर केवल यात्राका साधन होइनन्, जीवनशैली, प्रविधि र वातावरणप्रतिको सचेत सोचको प्रतीक बन्न थालेका छन्