नाडा आटो सो भाद्र १० गतेदेखी हुने « Arthapath.com
१ भाद्र २०७६, आईतवार

नाडा आटो सो भाद्र १० गतेदेखी हुने



१ सय ६० स्टाल रहने

काठमाडौं । नाडा अटोमोवाईल एसोसिएसन अफ नेपालको आयोजनामा १४ औं नाडा ओटो सो यही भाद्र १० गतेदेखी १६ गतेसम्म हुने भएको छ ।
आइतबार नाडाले पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । दशैँ तिहार नजिकिँदै गर्दा नाडाले हरेक वर्ष झै यस वर्ष पनि अटो सो आयोजना गर्दै आएको छ । सवारी साधन र यातायात क्षेत्रमा उठेका सवालहरुको निराकरण गर्ने उदेश्यले अटो सो आयोजना गरिएको नाडाका अध्यक्ष सम्भु दाहालले जानकारी दिए ।
सवारीसंबन्धी जानकारी तथा प्रर्दशनी गर्ने उदेश्यले आयोजित अटो सोमा वर्षेनी अर्वौँको कारोवार हुँदै आएको छ । यस वर्ष पनि अटो सोमा विद्युतिय सवारीलाई फोकस गरिएको छ । १ सय ६० स्टाल रहेने सोमा २३ ब्राण्डका ४ पाङ्ग्रे सवारी, १९ ब्राण्डका २ पाङ्ग्रे सवारी, १२ ब्राण्डका लुव्रिकेन्ट, १३ ओटा बैंक वित्तिय संस्था, नौ टाय तथा ५ व्यट्रि कम्पनीले सोमा आफ्ना बस्तु प्रर्दशनी गर्ने नाडाका कार्यसमिति सदस्य करण चौधरीले बताए ।
सरकारले पनि भन्सार छुट गरेको विद्युतिय सवारीलाई नाडाले प्रथामिकतामा राखेको बताएको छ । विगतमाभन्दा परिस्कृत र भव्य सो हुने आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्