गाडी खरिद गर्न १० प्रतिशत नगद र नब्बे प्रतिशत बैंक कर्जा हुनुपर्छ « Arthapath.com
१५ भाद्र २०७६, आईतवार

गाडी खरिद गर्न १० प्रतिशत नगद र नब्बे प्रतिशत बैंक कर्जा हुनुपर्छ



कृष्णप्रसाद दुलाल, उपाध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल


नाडा अटो सो के को लागी होला ?
नाडा अटो सो चा“हि बिशेष गरेर बजार प्रर्वद्धन गर्नको लागी हो । नाडा अटोमोवाइले नेपालमा गरेको योगदान र आºनो देशमा अटोमोवाइलको अवस्था कस्तो छ, र अटोमोवाइलले के भुमिका खेलेको छ, सडक सुरक्षादेखी लिएर एक अर्को सवारी साधनहरुको जानकारि दिनको लागी आयोजना गरिने गर्छ । उपभोक्ताहरुलाई एउटै थलोमा सम्पुर्ण यातायात क्षेत्रबारे जानकारी दिनकोलागी नाडा अटो सो आयोजना गरीएको हो । नाडा अटोसो हरेक वर्ष आयोजना हुन्छ र यो चौधौ“ सस्करण हो ।


चौधौ सस्करणसम्म आइपुग्दा यसको फरक पक्षचा“हि के हो ?
नाडा अटोसो हरेक वर्ष नया“ नया“ अप्डेट हुन्छ । नया“ नया“ कम्पनिहरु क्स्ता गाडिहरु आउछन् । नया“ नया“ गाडि लन्चिङ हुन्छन् । हरेक ब्राण्डहरुले आफ्नो आफ्नो नया“ नया“ आविष्कार ल्याएका हुन्छन । नाडा अटोसोलाई चाहि नया“ प्रोडक्ट देखाउने थलोको रुपमा पनि लिन सकिन्छ, र केहि मात्रमा छुट गरेर बिक्री गर्ने एउटा थलो हो ।

सडक बनाउनु प¥यो भनेर आन्दोलन गर्नु पर्ने अवस्था छ ।
इलेक्ट्रिक गाडी आयात गर्ने भन्दा पनि सरकारले यही एसेम्बल प्लान्ट खोल्नुपर्छ ।


नेपाल राष्ट्र बै“कले अहिले गाडि कर्जामा गरेको कडाइ यस्तो अवस्थामा नाडा अटोसो चाहि कसरी सफल होला ?
नाडा अटो मोवाइलले नेपालमा सुस्ताएको बजार चलाएमान बनाउने प्रयास हामीले गरेका छौं । वास्तवमा गाडी कर्जामा १० प्रतिशत नगद र नब्बे प्रतिशत बैंक कर्जा हुनुपर्ने हो । राष्ट्र बैंकले पचास प्रतिशत गराएको छ । यो अत्याचार जस्तो लागेको छ । हरेक ब्यक्तीको यातायातको साधनमा पहुंच पुग्नु उसको हक पनि हो ।
अहिले सडकको कमी छ भन्दैमा सरकारले बनाउनु पर्ने हो । पहिलो कुरा सरकारले सडक नबनाएर गाडि बढि भयो भन्न मिल्दैन । अटो सोमा पनि सबैको पहु“च पुगेको छैन् । हामी नाडा अटोसोमा भएको गुनासोहरुलाइ जानकारि दिएका छौं । सडक बनाउने सडक वृद्धि गर्ने बाइपास बनाउर्ने रिङरोड बढाउने कुराहरुमा चाहि कसैको ध्यान गएको देखिदैन । त्यो वास्तविक आवश्यकता चाहि सडक बनाउनु प¥यो भनेर आन्दोलन गर्नु पर्ने अवस्था छ । सकै भन्दा ठुलो कुरा सडक हो । सडक बन्यो भने देशको विकास हुन्छ । सडक भयो भने साधनहरु आउछन् गुड्छन, यसले उर्जा पुवार्धार ,पर्यटन र कृषिको विकास हुन्छ ।

बैंकहरुको कडाइको कारणले यातायात आयातमा कमि भएको हो ?
धेरै जसो बैंक कडाइको कारणले मान्न सकिन्छ । राष्ट्र बैंकको कर्जा बढि भएकोले पनि र भन्सार महंगो भएर राष्ट्र बैंकको यातायात कम भएको साथै घट्ने तर्फ लागेको हो ।


सवारी साधनको आयत अहिले कति प्रतिशतले घटेको छ ?
घट्ने भन्दा पनि घट्ने तर्फ लागेको छ ।


किन बैंकहरुले गाडि कर्जा लिन मानिरहेका छैनन् ?
उहा“हरुको आन्तरिक समस्या होला । पैसा नै नभइकन पनि बैंक खोल्ने अवस्था चाहि थियो पहिले पहिले । अहिले बैंकहरुसँग गाडी कर्जामा दिने पैसा छैन भन्छन ।


अहिले सडकको अवस्था नाजुक छ पुर्वाधार नभई गाडीमात्र बेचेर के गर्ने ?
यातायातका साधनहरु अति आवश्यक बस्तु हुन । सरकारले सडक बनाउनै पर्छ । सवारीसाधनमा सबै नेपालीको पहुाच पुग्न सकेको छैन ।


इलेक्ट्रिक गाडी आयात गर्न नाडाको पहल के हुन्छ ?
अहिले संसारमै हेर्ने हो भने इलेक्ट्रिक गाडीको चर्चा छ । इलेक्ट्रिक गाडी चल्ने खालको बाटो हामीस“ग छैन । इलेक्ट्रिक चार्ज स्टेसनहरु बनेका छैनन् । भविष्य इलेक्ट्रिक गाडीको छ तर पुर्वाधार छैन । राम्रा गाडी नेपालमा इलेक्ट्रिक गाडी डम्पिङ गर्नेभन्दा पनि कुद्ने चाहिन्छ ।


इलेक्ट्रिक गाडीको भविष्य छैन त नेपालमा ?
भविष्य छ तर सडक राम्रो बनाउनुपर्छ । इलेक्ट्रिक गाडी महंगो छ । डिजेलको लागी तिर्ने पैसा पहिल्यै इलेक्ट्रिक गाडीलाई तिर्नुपर्छ । यस्तोमा देशलाई के फाइदा भयो त । इलेक्ट्रिक गाडी आयात गर्ने भन्दा पनि सरकारले यही एसेम्बल प्लान्ट खोल्नुपर्छ ।


नाडामा बुकिङ भएका अधिकांस गाडी विक्री हु“दैनन भनिन्छ नि ?
त्यस्तै छैन, पहिले सरकारले क्याव ६५ प्रतिसत बनाएको बेलामा त्यस्तो थियो अहिले त्यस्तो समस्या छैन ।


के गरिव मुलुकमा वर्षेनी महंगा गाडी देखाएर बेच्नु अर्थतन्त्रको लागी राम्रो हो ?
हरेक नेपालीको अर्थिक पहु“च नै बढिसक्यो नि । अहिले सवारी साधनलाई अति आवश्यक बस्तुको रुपमा हेर्नुपर्छ । यातायतको साधन बेगर अव देशको विकासको संभव नै छैन ।


बैंकहरुले कर्जा नदिनेहो भने गाडी व्यावसाय ठप्प हुने रहेछ हैन ?
घर गाडी खाने लगाउने भनेको व्यक्तिको अनिवार्य आवश्यकता भित्र पर्छ । यी चिजमा बैंकले कर्जा रोक्नु हु“दैन । कमाएर किन्छु भन्दा उसको उमेर गैसक्छ कहिले पुरा हनु घर गाडीको ?


गाडी कर्जा खुकुलो बनाउन नाडाले के लविङ ग¥यो त ?
सरकारले गाडी खरिद गर्नको को लागी एलसि बन्द गर्ने भनेको थियो त्यसको लागी पनि लविङ ग¥यौं र कर्जा सहज बनाउनको लागी पनि लागिरहेका छौं । पैसा भए त व्यावसाय गर्नै परेन । पैसा नहुनेले लोन लिएर गर्ने हो ।


यो वर्ष कति गाडी विक्री हुने अपेक्षा गर्नुभएको छ ?
यो वर्ष पार्टपुर्जा, साना ठुला सवारी गरेर ५ सय करोडको कारोवार हुने अपेक्षा गरेका छौं । ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।


प्रतिक्रिया दिनुहोस्