टाटाको नेक्सन एसयुभी लोकप्रिय बन्दै « Arthapath.com
२१ माघ २०७६, मंगलवार

टाटाको नेक्सन एसयुभी लोकप्रिय बन्दै



काठमाडौं । ग्लोबल एनक्याप’ बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनको नेपालमा बिक्री बढेको छ ।
हिमालयन बैंक लिमिटेडमा टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू डेलिभरी गरिएको सिप्रदी जनाएको छ । हिमालयन बैंक मात्र नभएर टाटा मोटर्सले गत वर्ष बजारमा ल्याएको टाटा नेक्सन बैंक तथा वित्तीय संस्थाहरूको रोजाइको सवारीसाधन बन्न पुगेको हो ।
नेपाल एसबिआई बैंक तथा अन्य बैंकहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरी गरिएको सिप्रदीले बताएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट पनि टाटा नेक्सन खरिदका लागि अग्रिम बुकिङ भइरहेको सिप्रदीले जनाएको छ ।
सुरक्षाका दृष्टिले फाइभ स्टार रेटिङ प्राप्त गर्न सफल एसयूभी टाटा नेक्सन यात्रुहरुको सरक्षामा विशेष खाले बनाईएको छ ।
२०९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको र डुअल फ्रन्टल एअरब्यागजस्था यसका विशेषता रहेका छन् । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन एसयुभी पाँचवटा भेरियन्टहरू पेट्रोल र डिजेल दुवै इञ्जिनमा बजारमा उपलब्ध छन् ।


प्रतिक्रिया दिनुहोस्