नयाँ स्कोडा र्‍यापिड टिएसआई नेपालमा बिक्री सुरु « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

नयाँ स्कोडा र्‍यापिड टिएसआई नेपालमा बिक्री सुरु



काठमाडौं । नयाँ स्कोडा र्‍यापिड टिएसआई नेपालमा बिक्री सुरुनेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ  र्‍यापिड टिएसआई नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले थप ‘पावर, कम्फर्ट र भ्यालु फर मनी’ भन्ने नारासहित अघिल्लो पुस्ताको  र्‍यापिडभन्दा ५ लाख रुपैयाँ मूल्य कम गरेर ३४ लाख ९० हजार रुपैयाँमा बिक्री सुरु गरेको हो ।  

विशेषता

नयाँ स्कोडा -यापिडमा पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभियाजस्तो प्रिमियम मोडेलमा प्रयोग गरिने टिएसआई इन्जिन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो इन्जिनले ११० पिएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ ।

नयाँ  र्‍यापिड टिएसआई १.० ले १८.९७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । अघिल्लो पुस्ताको  र्‍यापिड १.६ एमपिआईको तुलनामा नयाँ टिएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्ने तथा २३ प्रतिशत बढी माइलेज दिने कम्पनीको दाबी छ । 

सुरक्षा फिचर

यसमा ४ सय ६० लिटरबराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको कम्पनीको दाबी छ । साथै, नयाँ  र्‍यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध रहेको जनाइएको छ ।

यो गाडीमा ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यू मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’जस्ता सुरक्षा फिचर राखिएको कम्पनीको दाबी छ ।  

एमएडब्लू स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ स्कोडा  र्‍यापिडबाट कम्पनीले धेरै अपेक्षा गरेको बताए । कोभिड-१९ को त्रासका बाबजुद पनि सोरुमसम्मै आएर यसबारे बुझ्ने र टेस्ट ड्राइभ गर्नेको संख्या बढिरहेको उनको भनाइ छ । 

ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरसिप कस्ट’ कम गर्न एमएडब्लूले नयाँ स्कोडा  र्‍यापिड टिएसआई १.० मा चारवर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसका साथै, चार वर्ष वा १ लाख किलोमिटर वारेन्टीको व्यवस्था रहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्