१६ चैत्र २०७७, सोमबार

यामाहा नेपालको फ्रिडम इनिसिएटेड नयाँवर्ष २०७८, भाग्यशाली विजेतालाई २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा



काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआइ) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ । नव उत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकवर्गहरुलाई थप सुविधादिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकलतथा स्कूटरहरु शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ई.याम.आई.सुविधाका साथ पाउन सकिन्छ ।

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालको सिइओ चिरञ्जिवि शाह भन्नुहुन्छ “कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित बातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँवर्ष २०७८ मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्राआदरणीय ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथावर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रासवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआइप्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यै हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।”

यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्