नाडाले श्रमिकको लागी माग्यो स्वास्थ्य राज्यमन्त्रीसंग खोप « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

नाडाले श्रमिकको लागी माग्यो स्वास्थ्य राज्यमन्त्रीसंग खोप



काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्सिय नाडा प्रतिनिधि मण्डलले श्रावण १३ गते नव नियुक्त माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसंग भेटी अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको छ । सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्नीसीयन र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन् । खाशगरी व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको बताए ।

छलफलमा चौधरीले कोभिड १९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन नसकेको भन्दै अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको तडकारो आवश्यकता भएको बताए । तत्काल खोप उपलब्ध गराई दिने व्यवस्थाका लागि आग्रह समेत गरे । उक्त भेटघाट तथा छलफलको क्रममा मन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिए ।

सो प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिनु अनुरोध गरेको थियो । सो भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजिक्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सह–कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्