चाडपर्वलाई लक्षित गर्दै टिभिएसले ल्यायो “टिभिएस ६ प्राइजको सरप्राइज” योजना, यस्ता छन् अफर « Arthapath.com
२२ असार २०८२, आईतबार

चाडपर्वलाई लक्षित गर्दै टिभिएसले ल्यायो “टिभिएस ६ प्राइजको सरप्राइज” योजना, यस्ता छन् अफर



काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले अत्यन्तै आकर्षक “TVS ६ PRIZEको SURPRISE” योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना भदौ १६ बुधबारबाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ भने यस योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म PRIZE को SURPRISE प्रदान गर्ने छ। यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी tvsnepal.com/dashainमा गएर रु.१ लाख सम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्। यति मात्र नभएर दैनिक Realme C20 स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना TVS Apache RR 310 पाउने सुवर्ण अवसर समेत रहेको छ। यस योजनाको मुख्य SURPRISE चाहिँ यसको बम्पर PRIZE नै रहेको छ, जहाँ ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारी सँगै Proton Saga car घर लैजाने छन्। यति मात्र नभई inquiry मार्फत Realme स्मार्ट फोन र Apache RR310 जित्ने मौका पनि पाउनेछन् ।

योजना अवधी भरि १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, TVS Apache RR 310 र Proton Saga car का बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६:४५ बजे हिमालयन टी.भी बाट प्रशारण गरिनेछ। जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।


प्रतिक्रिया दिनुहोस्