सप्तरीका राज कुमार शाह बने १० लाख जित्ने पहिलो विजेता « Arthapath.com
२२ असार २०८२, आईतबार

सप्तरीका राज कुमार शाह बने १० लाख जित्ने पहिलो विजेता



काठमाडौं । आउँदै गरेका नेपालीका महान् चाडपर्व हरुलाई लक्षित गर्दै टिभिएसले ल्याएको “TVS ६ PRIZE को SURPRISE” योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैया हात पारेका छन्। उनले TVS Apache RTR 160 4V किन्नु अगाडी रु. ७,००० पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी हासिल पारेका हुन्।

जगदम्बा मोटर्स टि. भि. एस् लाई धन्यबाद दिदै उहाँले भन्नुभयो, “मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यस धनराशीले मेरो चाडबाडलाई अझ बढी खुसिमय बनाइ इएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना यहि २०७८, भदौ १० बिहिबार बाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ भने यस योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म PRIZE को SURPRISE प्रदान गर्ने छ। यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी tvsnepal.com/Dashain मा गएर रु.१ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्। यति मात्र नभएर दैनिक एक थान Realme C20 स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना TVS Apache RR 310 पाउने सुवर्ण अवसर समेत रहेको छ। यस योजनाको मुख्य SURPRISE चाहिँ यसको बम्पर PRIZE नै रहेको छ, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारी सँगै Proton Saga car घर लैजाने छन्।

योजना अवधी भरि सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टी.भी बाट प्रशारण गरिनेछ। जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।


प्रतिक्रिया दिनुहोस्