भन्सार सहजीकरणका लागि नाडाको अनुरोध « Arthapath.com
२२ असार २०८२, आईतबार

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध



काठमाडौं । अशोज १३ गते नाडाका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देसिका लगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिनु भयो

उक्त छलफलमा महासचिव सुनिल रिजालले यच यस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनु पर्ने बताउनु भयो । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराउनु भयो ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउनु हुंदै व्यवसायीहरुका लागि अनलाईन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए । सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए । सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्