हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’ « Arthapath.com
२३ असार २०८२, सोमबार

हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’



काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्ने बताइएको छ । भक्तपुरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरू शोकेस गरिएको छ ।

‘भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरी संचालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध छ,’ कम्पनीले भनेको छ ।

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरूले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने र यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्