देशैभरी अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२ शुरु, ५० प्रतिशत छुट दिने « Arthapath.com
२३ असार २०८२, सोमबार

देशैभरी अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२ शुरु, ५० प्रतिशत छुट दिने



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरी १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथीमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो ।

योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहकहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस सेन्टरहरु बाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्