एनवाइइएफको मेची महाकाली मोटर र्यालीे २०२२ « Arthapath.com
२३ असार २०८२, सोमबार

एनवाइइएफको मेची महाकाली मोटर र्यालीे २०२२



काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पहिलो पटक मेची महाकाली मोटर र्यालीे मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ ।

यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु सहभागी छन् ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।

एनवाइइएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर र्याली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा:

  • जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ ।
  • व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पुर्याउछ ।
  • यस मोटर र्यालीेले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने ।
  • व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुर्याउछ ।
  • देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्यालीको मुख्य उद्देश्य रहेको छ ।

मोटर र्याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्यालीको विधिवत समापन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्